प्यूठान । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जनवर्गीय संगठन मुस्लिम इत्तेहाद संगठन प्यूठानले स्थानीय मुस्लिम धार्मिक अगुलाई सम्मान गरेको छ । आफ्नो जिल्ला अधिवेशनको अवसरमा मुस्लिम धर्म संस्कृति संरक्षणमा योगदान गरेका मुस्लिम धार्मिक अगुवा बशिर मियाँ(क) र बशिर मिया(ख) लाई दोसल्ला र कदर पत्रले सम्मान गरिएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) पोलिटव्यूरो सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज सूर्य थापाले दुवै जनालाई कदर पत्र प्रदान गर्नुभएको हो ।
यसैबीच, नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जनवर्गीय संगठन मुस्लिम इत्तेहाद संगठन प्यूठानको नयाँ नेतृत्व चयन भएको छ । सवनम मियाँको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कमिटी गठन भएको हो ।
जसको उपाध्यक्ष महम्मद अलि, सचिव मिरा खातुन, कोषाध्यक्ष खलिम मियाँ, सहसचिव ग्यासदिन मियाँ, अजिम मिया रहनुभएको छ । सदस्यमा मकबुल मियाँ, खुसदिन मियाँ, सफिलउल्ला हलुवाई, अजबिरन मियाँ, कलिम मियाँ, खबिरन मियाँ, सरिफ अलि, अमबुब अलि, केतबुरन मियाँ, इब्राहिम मियाँ, बेगम निशा रहनुभएको छ ।
