प्यूठान, १३ असोज । ‘We Are One Royal Pyuthan’ ग्रुपले बुटवलमा उपचाररत माण्डवि गाँउपालिका ५ का दिपक सुनारको उपचारमा आर्थिक सहयोग गरेको छ ।
ग्रुपमार्फत संकलन गरिएको रकम आज ग्रुपको टिमले सुनारको घरमै पुगेर परिवारलाई ८ हजार ८५ रुपैयाँ हस्तान्तरण गरिएको नविन बस्नेतले जानकारी दिनुभयो ।उपचारमा आर्थिक अभाव हुन नदिन ग्रुपले उक्त रकम सहयोग गरिएको उहाँले बताउनुभयो ।
ग्रुपले यसअघि स्वर्गद्वारी नगरपालिका ४ का गोठिवाङकि १७ वर्षीय अस्मिता नेपालीको उपचारमा ५ हजार, ब्लड क्यान्सर रोगबाट पिडित स्वर्गद्वारी नगरपालिका ५ तल्लो सारीका बल बहादुर बुढाथोकी उपचारमा ५ हजार १ सय ५ र प्यूठान नगरपालिका ८ बाग्दुलाकि दुर्गा गिरीको उपचारमा ७ हजार आर्थिक सहयोग र प्यूठान नगरपालिका १ खैरामा रहेको श्री भुमिश्वरी प्राथमिक विद्यालयका विद्यार्थीलाइ मास्क, सेनिटाइजर, कापि, पेन र पेन्सिल वितरण गरेको थियो ।
