> सम-सामायिक > भेटिदैछन् सहयोगी हातहरु


भेटिदैछन् सहयोगी हातहरु

प्यूठान, १६ चैत ।
विपदका बेला, संकटका बेला केहि यस्ता व्यक्ति÷समुह भेटिन्छन जो सहयोगी हातहरु बनेर । अहिले नोबेल कोरोना (कोभिड १९) को विश्वव्यापी महामारीमा देशविदेशमा यस्ता सहयोगी हातहरुको चर्चा भइरहेका बेला प्यूठानमा पनि त्यस्ता मन भएका व्यक्ति÷समुह फेला परेका छन् । जसले अहिलेको यो संकटमा भौतिक, आर्थिक र नैतिक सहयोगका हातहरु फैलाइरहेका छन् ।

मल्लरानीका प्रतिनिधि स्वास्थ्य कार्यालयलाई माक्स हस्तान्तरण गर्दै

नौबहिनी गाउँपालिकाको बाहानेमा व्यवसाय गर्दै आउनुभएका स्थानीय एवं समाजसेवी शंकर केसीले अहिलको विपदको समयमा सहयोगका कदम अगाडी सार्नुभएको छ । असहाय, गरीव, थकित पैदल यात्री र सुरक्षाकर्मीका लागि पानी, बिस्कुट, चाउचाउ, मास्क प्रदान गर्ने व्यबस्था गरेर मानवीय कार्यको थालनी गर्नुभएको छ ।

प्युठान नगरपालिका–८ का पृथ्वी एग्रोभेट सेन्टरका सञ्चालक बासुदेब थापाले क्वारेन्टाईनमा राखिएका बिरामीले व्यक्तिगत रुपमा प्रयोगमा ल्याउन सक्ने सरसफाई सामाग्री स्वास्थ्य कार्यालय प्युठानलाई हस्तान्तरण गर्नुभएको छ । बिरामीहरुलाई सरसफाईमा सहज होस भन्ने उदेश्यले उक्त सामाग्री हस्तान्तरण गरेको थापाले बताउनुभयो । विपद्का समयमा सबै व्यक्तिको सहयोग आवश्यक हुने भन्दै आफुले पनि सहयोग गरेको उहाँको भनाई छ ।

सरसफाईका सामाग्री हस्तान्तरण गर्दै वासुदेव थापा

जिल्लामा लकडाउन कार्यान्वयन गर्न खटिएका सुरक्षाकर्मीलाई मल्लरानी गाउँपालिका–३ मुन्डाडाका निर्माण व्यवसायी सुरेश अधिकारीले खाजा वितरण गर्नुभएको हो । उहाँले विस्कुट र फ्रुटी वितरण गर्नुभएको हो ।

जिल्ला समन्वय समिति प्युठानका सदस्य रेशमा केसी (गिरी) र स्थानीय उद्योगी बिष्णु गिरीले वडाबासीलाई माक्स र स्थानीय हर्वल साबुन वितरण गर्नुभएको छ । प्युठान नगरपालिकाको ९ र १० वडाका दुर्गम स्थानका स्थानीय लाई दुबै जनाले संयुक्त रुपमा एक हजार थान माक्स र पाँच सय पिस स्थानीय मरन्ठानामा उत्पादित हर्वल साबुन वितरण गर्नुभएको छ ।

युवा ब्यबसायी भरतमणि न्यौपानेले क्वारेन्टाइन बनाउन समस्या भएमा आफ्नो प्युठान नगरपालिका–८ बाग्दुलामा रहेको एक फल्याट उपलब्ध गराउने घोषणा गर्नुभएको छ । प्यूठान नगरपालिका–४ जुम्री बसपार्कका युवा नेता बल बहादर केसी (शिसिर)ले आफ्नो घरमा बस्ने व्यक्तिसँग घरभाडा नलिने घोषणा गर्नभएको छ ।

मल्लरानी ग्रामीण विकास सरोकार केन्द्र प्यूठानले स्वास्थ्य कार्यालय प्यूठानलाई एक हजार थान माक्स उपलब्ध गराएको छ । संस्थाले आवश्यक थप सहयोग गर्दै जाने समेत बताएको छ ।

प्यूठान प्रतिष्ठित व्यापारी केदारमान कक्षपती र युवा व्यवसायी सन्देश आचार्यले १०÷१० सेट कपडा क्वारेन्टाइनका लागि उपलब्ध गराउनुभएको छ । राज डेकोर होम विजुवारका सञ्चालक युवा व्यवसायी झपेन्द्र शर्माले क्वारेन्टाईनका लागि १०÷१० थान बल्यान्केट र सिरानी सहयोग उपलब्ध गराउनुभएको छ ।

फूलवारी एकीकृत ग्रामीण विकास संस्था खैरा प्यूठानले स्वास्थ्य कार्यालयलाई विभिन्न सामाग्री हस्तान्तरण गरेको छ । माक्स, फिनाएल, थर्मोमिटर, स्प्रिट, ग्लोव्स लगायतका सामाग्री संस्थाका अध्यक्ष गुणेन्द्र बस्नेतले स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीलाई हस्तान्तरण गर्नुभएको हो ।

फूलबारीले स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै

प्यूठान उद्योग वाणिज्य संघ माण्डवी बजार इलाका र स्थानीय योगी पेट्रोल पम्पका संचालन दामोदर योगीबाट ३०÷३० हजार बरावर सहयोग उपलब्ध भएको छ । सहयोगी हातहरु बढ्दै गइरहेका छन् । तपाईको सानो सहयोगले धेरै राहत हुन सक्छ । त्यसैले सहयोगी हातहरु अगाडी बढाऔं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!