प्यूठान । जिल्लामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ५० दशमलव ०६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
सार्वजनिक नतिजा अनुसार परीक्षामा सहभागी ३ हजार ६२ विद्यार्थी मध्य १ हजार ५ सय ३३ जना उत्तीर्ण भएका हुन् भने १ हजार ५ सय २९ जनाको नतिजा `नन ग्रेडेड´ आएको छ ।
जिल्लामा ३.६० देखि ४ जिपिए सम्म ९३ जना विद्यार्थी रहेका छन् । ३.२० देखि ३.६० सम्म २ सय ७५ जना, २.८० देखि ३.२० सम्म ५ सय ५४ जना र २.४० देखि २.८० सम्म ५ सय ८६ जना विद्यार्थी उत्तीर्ण भएका छन् । २.०० देखि २.४० सम्म २५ जना विद्यार्थी रहेका छन् ।
यस वर्ष जिल्लाबाट दुई छात्राले ४ जीपीए ल्याएका छन् । लोक चेतना एकेडेमीकी सुमित्रा केसी र कालिका आवासीय माध्यमिक विद्यालय बिजुवार टारीकी करुणा पाण्डेले ४ जीपीए प्राप्त गर्नुभएको हो ।
स्वर्गद्वारी नगरपालिका–३ जलुकेकी सुमित्रा र प्युठान नगरपालिका–३ की करुणाको उपलब्धिलाई जिल्लामा विशेष रूपमा हेरिएको छ ।





