> राष्ट्रिय > माझकोट स्वास्थ्य चौकीको न्युनतम सेवा मापदण्ड मूल्याकंन


माझकोट स्वास्थ्य चौकीको न्युनतम सेवा मापदण्ड मूल्याकंन

प्युठान । माझकोट स्वास्थ्य चौकीको न्यूनतम सेवा मापदण्ड मूल्याकंन गरिएको छ । प्युठान नगरपालिकाको आयोजनामा आज अभिमुखिकरण सहित न्यूनतम सेवा मापदण्ड मूल्याकंन गरिएको हो ।

 


न्यूनतम सेवा मापदण्डका विभिन्न सूचकको आधारमा गरिएको मूल्याकंनमा स्वास्थ्य चौकीले ६६ प्रतिशत नम्बर प्राप्त गरेको छ । सेवालाई सुधार गर्दै लैजाने कार्ययोजना बनाईएको स्वास्थ्य चौकी प्रमुख बिनोद ओलीले बताउनुभयो ।

 


कार्यक्रममा प्युठान नगरपालिका स्वास्थ्य शाखा प्रमुख गोबिन्दराज घिमिरेले सरकारी स्वास्थ्य संस्थामा न्यूनतम मापदण्ड कायम गर्न मूल्याकंन गर्ने र सुधार गर्ने गरिएको बताउनुभयो ।


वडा अध्यक्ष तथा स्वास्थ्य संस्था व्यबस्थापन समितिका अध्यक्ष नरेन्द्र पुन (एनपी)ले आवश्यक भौतिक पुर्वाधार नहुदा कतिपय मापदण्ड नपुगेको र सेवा प्रवाहमा समस्या भएको बताउनुभयो । उहाँले सेवा प्रवाहमा स्वास्थ्यकर्मीले घरमै पुगेर सेवा दिने गरेको भन्दै स्वास्थ्यकर्मीले महत्त्वपूर्ण भुमिका खेलेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *