> राष्ट्रिय > प्रेस चौतारी प्युठानको स्वर्गद्वारी पालिका गठन


प्रेस चौतारी प्युठानको स्वर्गद्वारी पालिका गठन

प्युठान । नेकपा एमाले निकट पत्रकारहरुकाे संगठन प्रेस चौतारी नेपाल जिल्ला शाखा प्युठानले पालिका स्तरमा शाखा गठन गर्न थालेको छ ।

 

जिल्लाको पहिलो स्थानीय तहको रुपमा स्वर्गद्वारी नगर समिति गठन भएको छ । शनिबार भिङ्रीमा प्रेस चौतारी प्युठान द्वारा आयोजित एक कार्यक्रम सहित नगर समितिको अध्यक्षमा सरद बिष्टको नेतृत्वमा ११ सदस्यीय कमिटी सर्बसम्मत चयन गरिएको हो।

 

कमिटीको उपाध्यक्ष पुजा खड्का, सचिब युवराज रेग्मी, सहसचिव हेमा खड्का र कोषाध्यक्ष निसा खनाल, सदस्य सरद पार्धे, दिपक पुन, कमला भुसाल, ओम प्रकाश के.सी, गायत्री पोख्रेल रहनुभएको छ । सल्लाहकारमा घनश्याम आचार्य चयन हुनुभएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी नेकपा एमाले जिल्ला कमिटी प्युठानका अध्यक्ष बिजयबिराज बिष्टले पत्रकारितासँगै पार्टी प्रचारको जिम्मेवारी पनि प्रेस चाैतारीसँग रहेकाे बताउनुभयो । उहाँले तथ्य र सत्यमा आधारित रहेर मात्र समाचार लेख्न पत्रकारलाई आग्रह गर्नुभयो । अध्यक्ष बिष्टले नागरिक हक अधिकार, विकास र समृद्धिका पक्षसमेत कलम चलाउन आग्रह गर्दै नेकपा एमालेले थालनी गरेको मिसन ग्रास रुट अभियानमा समाचार सम्प्रेषण गर्नु अहिलेको आबश्यकता रहेको बताउनुभयो ।

 

प्रेस चौतारीले पहिलो पटक स्थानीय तहमा कमिटी गठन गरेकाे हो। प्युठान शाखाले पालिका स्तरीय शाखा गठन गर्ने अभियान थालेको प्युठान शाखाका अध्यक्ष बासुदेब गिरीले जानकारी दिनुभयो ।

 

कार्यक्रममा शाखाका उपाध्यक्ष शिबा रेग्मी, सदस्य सीता न्यौपाने, नेकपा एमाले स्वर्गद्वारी नगर कमिटी अध्यक्ष राम प्रसाद श्रेष्ठ लगाएको उपस्तिथि रहेको कार्यक्रमको कार्यक्रमको संचालन पत्रकार युवराज रेग्मीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *