प्यूठान । राष्ट्रिय दलित पत्रकार संघ नेपाल लुम्बिनी प्रदेशले नयाँ वर्ष २०८३ को भित्ते पात्रो प्रकाशन गरेको छ । मंगलबार प्यूठानको बिजुवारमा भएको एक कार्यक्रमका बीच क्यालेन्डर बिमोचन गरिएको छ ।
प्यूठान नगरपालिकाका प्रमुख बिष्णु योगीको प्रमुख आतिथ्यतामा बिमोचन कार्यक्रम सम्म्पन्न भएको हो । कार्यक्रममा नेपाल पत्रकार महासंघ प्यूठानका अध्यक्ष श्रीराम भण्डारी, नगरपालिकाका कार्यपालिका सदस्य सुनिल सापकोटा, संघका जिल्ला अध्यक्ष कमल बिक, पेसागत संगठनका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
संघका लुम्बिनी प्रदेश समिति अध्यक्ष टेकेन्द्र बस्यालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव अनिल नेपालीले गर्नुभएको थियो ।





