> समाज > ३८ औं विश्व एड्स दिवस : प्यूठानमा १४४ जनाले लिन्छन् एआरटी सेवा


३८ औं विश्व एड्स दिवस : प्यूठानमा १४४ जनाले लिन्छन् एआरटी सेवा

प्यूठान । जिल्लामा १ सय ४४ जना एचआईभी सक्रमितहरुले नियमित औषधी सेवन गर्ने गरेका छन् । जिल्ला अस्पतालबाट एआरटी सेवा निःशुल्क उपलब्ध हुँदै आएको छ ।

 

गुल्मी जिल्लाका तीन जना सहित जिल्लामा कुल १ सय ४४ संक्रमितले नियमित सेवा लिने गरेको एआरटी काउन्सीलर मेनका केसीले जानकारी दिनुभयो ।

 

प्यूठानमा विशेष गरी रोजगारीका शिलशिलामा भारत पुग्नेहरुबाट एचाईभीको जोखिम तुलनात्मक रुपमा देखिने गरेको राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपालका परियोजना अधिकृत प्रज्वल पहाडीले बताउनुभयो । जिल्लामा आप्रवासि र उनका दम्पतिलाई केन्द्रित गरि घरदैलो र समुदाय स्तरमा एचआईभी सम्वन्धि सचेतना र परिक्षणका काम गर्दै आएको उहाँकाे भनाई छ ।

 

डिसेम्वर १ मा विश्व एड्स दिवस मनाइन्छ । यसवर्ष ‘अवरोधहरु पार गरौं, एड्स प्रतिकार्य रुपान्तरण गरौं’ भन्ने नारालाई आत्मसात गर्दै प्रतिकार्यका कार्यक्रमहरु संचालन गरिएका छन् ।

 

सङ्क्रमितसँग हाँस्दा, बोल्दा, जूठो खाँदा र एउटै चर्पी प्रयोग गर्दा एचआईभी सर्छ भन्ने कुरा केवल भ्रम हो । सङ्क्रमित रक्तदान अथवा ग्रहण गरिएमा, संक्रमितले प्रयोग गरेको सुई जन्य छाला छेड्ने औजार प्रयोग गरेमा र सङ्क्रमित आमाबाट जन्मने बच्चाहरूमा यसको सङ्क्रमणको सम्भावना रहन्छ ।

 

नेपालमा एचआईभीको प्रथम सङ्क्रमण सन् १९८८ मा देखिएको हो ।