आर्थिक/बिकाससमाज

उद्योग बाणिज्य संघ नौबहिनीको भवन निर्माणका लागि भैलोबाट १० लाख बढि सहयोग संकलन

महेश थापा
बाहाने । प्यूठान उद्योग बाणिज्य संघ नौबहिनी बजार क्षेत्रको भवन निर्माणका लागि १० लाख बढि सहयोग संकलन भएको छ । तिहारको अवसरमा आयोजित भैलो कार्यक्रमका सहयोग संकलन भएको हो ।

 

सचिवालय भवन निर्माणका लागि यसवर्ष आयोजना गरिएको देउसी भैलो कार्यक्रमबाट १० लाख ९८ हजार ८१६ रुपैंया संकलन भएको बजार क्षेत्रका अध्यक्ष रमेश केसीले जानकारी दिनुभयो । यसअघि पहिलो तला निर्माणका लागि १३ लाख २८ हजार ७३१ रुपैंया संकलन भएको थियो । ५ हजार भन्दा बढि सहयोग गर्ने दाताहरुको नामावली शिलालेखमा उल्लेख गरिने उहाँले बताउनुभयो ।

 

भवन निर्माणका लागि प्रतिष्ठित व्यवसायी शंकर र सकुन्तला केसीले करीव ४० लाख बराबरको जग्गा सहयोग गर्नुभएको बजार क्षेत्रका सचिव कृष्ण केसीले बताउनुभयो ।

 

विभिन्न निकाय तथा व्यक्तिहरुबाट प्राप्त सहयोगबाट बजार क्षेत्रको निर्माणाधिन भवनलाई पुर्णता दिने कोषाध्यक्ष मनिसा पुनमगरले योजना सुनाउनुभयो ।

सहयोगदाताहरुको नामावली :

Related Articles

Back to top button