> समाज > प्यूठानमा थप ४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २२ पुग्यो


प्यूठानमा थप ४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २२ पुग्यो

प्यूठान, २९ जेठ । प्यूठानमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्यूठानवाट संकलन गरि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएको स्वाव परिक्षणको क्रममा विहिवार प्यूठानको विभिन्न ठाँउका गरी ४ जना कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका फोकल पर्सन पुस्कल श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार संक्रमित माण्डबी गाउँपालिका-५ का १ जना, ऐरावति -२ स्थायि घर भएका झिमरुक-४ को क्वारेन्टाइनमा बसेका १ जना र प्यूठान नगरपालिका-२ का २ जना रहेका छन् । उनिहरु २०, ३०, २८ र ३६ वर्षका रहेका छन् ।

यससँगै प्यूठानमा कोरोना संक्रमितको संख्या २२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *