स्थानीय सरकार

गौमुखी गाउँपालिकाको प्रशासन र पञ्जिकरण शाखा विहान ८ बजेदेखि

प्यूठान । गौमुखी गाउँपालिकाको प्रशासन शाखा र पञ्जिकरण शाखा विहान ८ बजेदेखि खुला हुने भएकोछ । आजदेखि सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै शाखा मार्फत विहानदेखि सेवाप्रवाह गर्ने कार्यपालिकाले निर्णय गरेको हो ।

 

गाउँ कार्यपालिकाको १७ औं बैठकले सडक गुरुयोजना अनुसार पालिका भित्रका मुख्य सडक, सहायक सडक र ग्रामीण सडकहरुको मापदण्ड कायम गर्ने निर्णय गरेको छ ।

 

पुजा स्वास्थ्य चौकी लिवासेमा मेडिकल अधिकृतको पदपुर्तिका लागि विज्ञापन गर्ने, पालिकाको लागो निर्माण गर्ने, विपन्न परिवारलाई आवास निर्माणका लागि आर्थिक सहायता गर्ने निर्णय भएको गाउँपालिका प्रवक्ता सुमित्रा गौचन थकालीले जानकारी दिनुभयो ।

Related Articles

Back to top button