> राजनीति > प्यूठान नगरपालिकामा एमालेका वडा अध्यक्ष उम्मेदवार सर्वसम्मत सिफारिस


प्यूठान नगरपालिकामा एमालेका वडा अध्यक्ष उम्मेदवार सर्वसम्मत सिफारिस

प्यूठान । प्यूठान नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट उम्मेदवार हुने वडा अध्यक्षहरुको नाम सर्वसम्मत सिफारीस भएको छ । नगरपालिका भित्रका वडा कमिटीले अध्यक्षको नाम सर्वसम्मतले सिफारिस गरेको वडा कमिटी सचिव आकाश भण्डारीले जानकारी दिनुभयो ।

 

१ नम्वर वडामा गोविन्द बस्नेत (गोपाल) २ नम्वर वडामा चेत बहादुर विष्ट, ३ नम्वर वडामा किरण केसी, ४ नम्वर वडामा रेशम कार्की, ५ नम्वर वडामा लछुमन भण्डारी, ६ नम्वर वडामा टिका बहादुर थापा, ७ नम्वर वडामा शेषमणी भट्टराई, ८ नम्वर वडामा पदम थापा, ९ नम्वर वडामा दिपेन्द्र केसी र १० नम्वर वडामा माधव पराजुलीको नाम सर्वसम्मत  सिफारिस भएको छ ।

 

अघिल्लो स्थानीय तहको निर्वाचनमा एमालेले २, ३, ४, ५ र ९ नम्वर वडा जितेको थियो । जितेका मध्ये ५ नम्वर वडा अध्यक्ष मात्र दोहोरिन थालेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *