> स्थानीय सरकार > गौमुखी अर्तुवाङका किसानहरुलाई घाँसको विरुवा वितरण


गौमुखी अर्तुवाङका किसानहरुलाई घाँसको विरुवा वितरण

ठूलावेशी । गौमुखी गाउँपालिका–१ अर्तुवाङका किसानहरुलाई घाँसको विरुवा वितरण गरिएको छ । गौमुखी गाउँपालिकाले बाख्रापालन पकेट क्षेत्र कार्यक्रम अन्तरगतका किसानहरुलाई विरुवा वितरण गरेको हो ।

 

दुई समुहमा आवद्ध ८० जना किसानहरुलाई पोसिलो जातका घाँसका विरुवा वितरण गरिएको पशु स्वास्थ्य प्राविधिक राकेश कुमार सिंहले बताउनुभयो । किमु, राई खनियु, सुपर नेपियर जातका विरुवा वितरण गरिएको हो ।

 

बाख्रा पकेट क्षेत्र कार्यक्रम अन्तरगत यहाँका किसानहरुलाई बाख्रापालनमा गाउँपालिकाले विभिन्न सहयोग गर्दै आएको छ । समुहमा आवद्ध किसानहरुले ८ देखि २० वटासम्म माऊ बाख्रा पाल्दै आएका छन् ।

 

पशुपालन कार्यक्रम प्रवद्र्धनका लागि भकारो सुधार, बाख्रा खोर निर्माणमा समेत सहयोग गर्न स्थानीय तिर्सना गिरीलो गाउँपालिकालाई अनुरोध गर्नुभयो ।

 

किसानहरुलाई वितरण गरिएको घाँसको विरुवा लिवाङका युवा कृषक पदम के.सी.ले उत्पादन गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *