> स्थानीय सरकार > प्यूठानका थप २ वडाले दिन थाले घर टोलमै सेवा


प्यूठानका थप २ वडाले दिन थाले घर टोलमै सेवा

प्यूठान । धेरैजसो वडा कार्यालय सामाजिक सुरक्षा भत्ता वितरण, सामाजिक सुरक्षा भत्ता नविकरण, नयाँ दर्ताको कामले भीडभाँड छ । जनप्रतिनिधि र कर्मचारीलाई भ्याइनभ्याई भएको छ । यो अवस्थामा पनि प्युठानका केहि वडा कार्यालयले यी सेवाका सहजै उपलब्ध गराउने उपाय अपनाएका छन् । जसका लागि सेवाग्राही कार्यालय नै आउनु नपर्ने गरि काम थालेका छन् ।

 

नौबहिनी गाउँपालिकाको ४ नम्वर वडाले टोल टोलमा पुगेर सेवा दिइरहेको छ । “चारदिनदेखि गाउँमा हिडिरहेका छौं,”वडा प्राविधिक यामलाल गिरीले भन्नुभयो, “वर्षातको समय भएकाले जेष्ठ नागरिकलाई टोलबाटै सेवा दिइएको छ ।” भौगोलिक रुपमा समेत अप्ठ्यारो भएकाले टोलमा पुगेर सेवा दिइएको वडा अध्यक्ष भिम बहादुर घर्तिमगरले बताउनुभयो ।

प्यूठान नगरपालिका वडा नं. ३ का वडाले गाउँगाउँ पुगेर सामाजिक सुरक्षा भत्ता नविकरण र नयाँ दर्ताको काम गर्दैछ । वडाको कर्मचारी सहित टोल टोलमा पुगेर सेवा दिन लागिएको अध्यक्ष सुमन श्रेष्ठले बताउनुभयो । वडाका तीन वटा बस्तीमा शिविर सञ्चालन गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

 

यसअघि माण्डवी गाउँपालिकाको ३ नम्वर वडा कार्यालयले यी सेवा घरघरमै पुगेर दिइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *