राष्ट्रियसमाजस्थानीय सरकार

डेङ्गु नियन्त्रणमा प्युठान नगरपालिकाको अभियान

वासुदेव गिरी
प्युठान । जिल्लामा डेङ्गु नियन्त्रणका लागि प्युठान नगरपालिकाले ब्यानर सहित सरसफाई अभियान सुरु गरेको छ ।

 

नगरपालिकाले डेङ्गु सार्ने लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने अभियान थालेको हो । नगरपालिकामा डेङ्गुका बिरामी देखा परेको भन्दै यो अभियान थालिएको जनाएको छ ।

नगरपालिकाले डेङ्गु सार्ने लामखुट्टेको लार्भा खोजी गर्दै नष्ट गर्ने अभियान सुरु गरेको नगरपालिका नगर प्रमुख बिष्णु योगिले जानकारी दिनुभयो । डेङ्गु रोग नियन्त्रणमा र सरसफाई अभियान प्रभावकारी प्रभावकारिता बनाउन यो अभियान शुरु गरिएको योगिको भनाई छ ।

प्युठान नगरपालिकाले स्वास्थ्यकर्मी जनप्रतिनिधि हरूको सहभागिता सनिवार प्युठानको बजारिक केन्द्र बाग्दुला बजारमा क्षेत्रमा र्‍यालीसहित सरसफाइ अभियान चाएको छ । अभियान मा ,खाल्डाखुल्डीमा जमेको पानी टायर बोत्तल पोखरीमा जमेको पानीमा डेङ्गु सार्ने लामखुट्टेको लार्भा हुर्कने भएकाले खुला ठाउँमा रहेको पानी हटाउने र सो पानीमा हुर्कँदै गरेको लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु गरिएको प्युठान नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष सुमन श्रेष्ठले बताउनुभयो ।

 

नगरपालिकामा १,जना झिमरुक गाउँपालिकामा २ जनालाई र मल्लरानीमा १ जना गरि ४ जनलाई डेङ्गु संक्रमण पुष्टि प्युठान अस्पतालका स्वास्थ्यकर्मी कौशल राज बैधले जानकारी दिनुभयो । डेङ्गु नियन्त्रणका लागि क्रमशः संक्रमितकै घरमा पुगेर घर वरपर खुला ठाउँमा जमेको पानी र डेङ्गु सार्ने लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरिएकाे प्युठान नगरपालिका प्रमुख योगिको भनाई छ ।

 

डेङ्गु एडिज जातको संक्रमित लामखुट्टेले मान्छेलाई यो रोग सार्ने भएकोले यसबाट बच्नु नै सबैभन्दा भरपर्दो उपाय हुने स्वास्थ्यकर्मीहरूको भनाई छ।

अभियान ले घरदैलो कार्यक्रममा पानी जम्न नदिन, पानी जम्ने ठाउँ पुर्न, टायर, पानीका बोतल, गमला, फुलदानी, कुलर, फ्रिजजस्ता पानी जम्मा हुने ठाउँको सरसफाइ गर्न अनुरोध गरेको छ ।

 

डेङ्गु लागिसकेपछि उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि डेङ्गुका लक्षण हुन् ।

 

डेङ्गु र आँखा पाक्ने रोगको बिगबिगी भएकोले नियन्त्रणका लागि सबै सरोकारवाला स्थानीय जुट्नुपर्ने देखिएको छ । रोग लागेर उपचार गर्नु भन्दा रोगै लाग्न नदिनु उचित हुने भन्दै सचेत रहन पालिकाहरुले अनुरोध गरेका छन् ।

Related Articles

Back to top button