> स्थानीय सरकार > माण्डवीका शिक्षकलाई एकीकृत पाठ्यक्रम सवन्धी अभिमुखिकरण


माण्डवीका शिक्षकलाई एकीकृत पाठ्यक्रम सवन्धी अभिमुखिकरण

प्यूठान । आधारभुत तह अन्र्तगत कक्षा १-३ को एकीकृत पाठ्यक्रम तथा मुल्यांकन पुस्तिका सम्वन्धी शिक्षकलाई अभिमुखिकरण गराएको छ । सरकारले २ वर्ष अघि नयाँ पाठ्यक्रम लागु गरेपनि नयाँ पाठ्यक्रम र मुल्यांकन विधिबारे अनविज्ञ शिक्षकलाई अभिमुखिरकण गरिएको हो ।

“सरकारले २०७६ देखि नयाँ पाठ्यक्रम लागु गरेको हो” शिक्षा शाखा प्रमखु प्राविधिक सहायक तुल्सी कार्कीले भन्नुभयो, “तर त्यस विषयमा शिक्षकहरुलाई थाहा थिएन, पाठ्यक्रमबारे अनविज्ञ थिए । त्यसैले पालिकाले पालिका भित्रका सवै विद्यालयका शिक्षकलाई तीन दिने तालिम दिएको उहाँले जानकारी दिनुभयो ।

 


पहिले निरन्तर विद्यार्थी मुल्यांकन थियो भने अहिले त्यसमा पनि परिर्वतन भएको छ । प्राविधिक सहायक कार्कीका अनसार अहिले प्रत्येक पाठको सिकाई उपलब्धी तोकिएको छ । मुल्यांकन गर्ने चार वटा मापन छ । कमजोर विद्यार्थीलाई उपचारात्मक शिक्षण पद्धतीबाट थप सहायता प्रदान गरिन्छ ।

विद्यार्थीलाई गणित, विज्ञान, अंग्रेजी, मेरो सेरो फेरो विषयको पठनपाठन एउटै विषयवस्तुमा जोडेर सिकाउने गरिएको उहाँले बताउनुभयो । पालिका भित्रका २८ वटा विद्यालयका शिक्षकलाई तालिम दिएको उहाले जानकारी दिनुभयो । तालिमको सहजीकरण बारबर्दिया नगरपालिकाका शिक्षा अधिकृत टिकानाथ गोसाई, शिक्षा शाखा प्रमुख तुल्सी कार्कीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *