> स्थानीय सरकार > भुकम्प पीडितलाई प्युठान नगरपालिकाले आर्थिक सहयोग गर्ने


भुकम्प पीडितलाई प्युठान नगरपालिकाले आर्थिक सहयोग गर्ने

प्युठान । भुकम्प पीडितलाई प्युठान नगरपालिकाले आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । प्युठान नगरपालिकाको कार्यपालिका बैठकले भुकम्प पीडितलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको प्रबक्ता सुमन श्रेष्ठले जानकारी दिनुभयो ।

 

“भूकम्पबाट भएको मानबिय र भौतिक क्षति प्रति दुख व्यक्त गर्दै प्युठान नगरपालिकाबाट रु. ५ लाख सहयोग गर्ने र प्युठान नगरपालिकाका कार्यपालिका सदस्यहरुले १५ दिनको सेवा दिने निर्णय गरेको हो,” श्रेष्ठले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *