राष्ट्रियसमाज

विदाई भएका शिक्षकले गरे अक्षयकोष स्थापना

महेश थापा
बाहाने । गंगा माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना भएको छ । विद्यालयमा ३० वर्ष अध्यापनपछि विदाई भएका शिक्षक पदम एमसीले अक्षयकोष स्थापना गर्नुभएको हो ।

 

प्युठान नगरपालिका-८ खप्रेङखोला निवासी एमसीले स्थापना गर्नुभएको अक्षयकोषबाट वार्षिक रुपमा विपन्न विद्यार्थीलाई छात्रवृत्ति दिईने विद्यालयले जनाएको छ ।

Related Articles

Back to top button