> समाज > प्यूठानमा २० जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २११ पुग्यो


प्यूठानमा २० जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २११ पुग्यो

प्यूठान, १२ असार । जिल्लामा थप २० जना कोरोना संक्रमित थप भएका छन् ।

स्वास्थ्य कार्यालय प्यूठानका अनुसार ऐरावती गाउँपालिका र प्यूठान नगरपालिकामा नयाँ संक्रमित थप भएका हुन् ।
ऐरावती गाउँपालिकामा १६ जना र प्यूठान नगरपालिकामा ४ जना संक्रमित थप भएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । नयाँ

संक्रमित १४ देखि ५७ वर्ष उमेर समुहका पुरुष रहेका छन् ।

संक्रमितको संख्या २११ पुग्यो
जिल्लामा संक्रमितको संख्या २ सय ११ पुगेको छ । जसमध्ये २ जना निको भएर घर फर्किसकेका छन् । पछिल्लो समय जिल्लामा संक्रमितको संख्या बढ्दै गएको भन्दै स्वास्थ्य कार्यालयले सतर्कता अपनाउन आग्रह समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *