प्यूठान । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको लागि अहिले विहान ७ बजेदेखि मतदान शुरु भएको छ । जिल्लामा रहेका २२३ वटा मतदान केन्द्रमा मतदाता मतदानका लागि पुग्न थालेका छन् ।
आज विहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्ने समय तोकिएको छ । जिल्लाभर १ लाख ५९ हजार ७६० मतदाता रहेका छन् ।







