प्यूठान, ४ साउन । प्यूठानको भिंगृ स्वर्गद्वारी सडक खण्डमा भएको ट्याक्टर दुर्घटनामा ७ जनाको ज्यान गएको घटना प्रति प्रतिनिधि सभा सदस्य दुर्गा पौडेलले दुःख व्यक्त गर्नुभएको छ ।
राष्टिय जनमोर्चाकि प्रवत्ता समेत रहनुभएकी पौडेलले आइतवार एक शोक वक्तव्य जारी गर्दै घटनामा निधन भएकाप्रति श्रदान्जलि र शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नु भएको छ ।
साथै उहाँले घटनाको बारेमा छानविन गरि सत्यतथ्य वाहिर ल्याउन र मृतकका परिवारलाई उचित राहत दिन र घाइतेको उपचारका लागि अनुरोध समेत गर्नुभएको छ ।
