> समाज > प्यूठानमा ८ जना संक्रमित थपिए


प्यूठानमा ८ जना संक्रमित थपिए

प्यूठान, ६ असार । प्यूठानमा आज थप आठ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

सरुमारानी गाउँपालिकामा ५ जना र स्वर्गद्धारी नगरपालिकामा ३ जना संक्रमित भेटिएको स्वास्थ्य कार्यालय प्यूठानका फोकल पर्सन पुष्कल श्रेष्ठले जानकारी दिनुभयो ।

यससँगै जिल्लामा संक्रमतिको संख्या ८१ पुगेको छ । उनीहरुको परीक्षण राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको प्रयोगशालामा भएको श्रेष्ठले बताउनुभयो । थप विवरण भने आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!