समाज

प्यूठानमा फरार अभियुत्त पक्राउ, एक जना ६ वर्षपछि र एक जना ३ वर्षपछि पक्राउ

प्यूठान । जिल्ला प्रहरी कार्यालय प्यूठानले दुई जना फरार व्यक्तिलाई पक्राउ गरेको छ । सवारी ज्यान सम्वन्धी कसुर मुद्धामा अदालतले २०७३ साउन १२ गते २ हजार जरिवाना गरेको थियो ।

 

फैसला कार्यान्वयन गर्ने क्रममा प्रहरीले प्यूठान नगरपालिका ८ दम्तीका २७ वर्षीय केशवराज के.एम.लाई असार २१ गते पक्राउ गरि अदालतमा पेश गरेको जनाएको छ ।

 

त्यसैगरि ३ वर्षअघि नकवजनी चोरी सम्वन्धी मुद्धामा २ वर्ष ११ महिना कैद र ३० हजार जरिवाना भएकोमा फरार एक महिलालाई प्रहरीले पक्राउ गरि अदालतमा पेश गरेको छ ।

 

नौबहिनी गाउँपालिका वडा नं. १ स्याउलिवाङका ३२ वर्षीया रामसरी सुनारलाई प्रहरीले असार २४ गते शुक्रबार पक्राउ गरेको हो । अदालतले सुनारलाई कारागार चलान गरेको छ ।

Related Articles

Back to top button