समाजस्थानीय सरकार

प्यूठानका न्यायिक समिति मार्फत १५ सय बढी विवाद मेलमिलापमा

प्यूठान । जिल्लाका ९ वटै न्यायिक समितिले पछिल्लो दुई बर्षमा १ हजार ५ सय ३५ वटा विवाद मेलमिलाप मार्फत टुङ्गो लगाएका छ्न । १७८३ मुद्दा दर्ता भएकोमा ८९ फैसला, १५७ मेलमिलापको चरणमा रहेको, ४ बिबाद फिर्ता र एउटा पुनराबेदनमा गएको छ ।

 

 

न्यायिक समितिको दोस्रो जिल्ला सम्मेलनमा न्यायिक समन्वय समिति प्युठानका सम्योजक देबेन्द्र बर्माले संयुक्त प्रतिबेदन पेश गर्दै जिल्लामा रहेको २६० मेलमिलापकर्ताहरु मार्फत विवाद समाधानमा खटिएको जनाइएको छ ।

 

 

सबै भन्दा बढी विवादहरु गाली ब्याइज्यती, नाबालक छोराछोरी वा पतिपत्निलाइ इज्जत आमद अनुसार खानलाउन नदिएको, जेष्ठ नागरिक पालनपोषण तथा हेरचाह नगरेको, लेनदेन, आठो किल्ला दर्ता भएका छन ।

त्यस्तै कसैको हक वा स्वामित्वमा भएपनी परापुर्वदेखी सार्वजनिक रुपमा प्रयोग हुँदै आएको बाटो, वस्तुभाउ निकाल्ने निकास, वस्तुभाउ चराउने चौर कुलो, नहर, पोखरी, पाटी पौवा, अन्त्यष्टी स्थल, धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको विवाद दर्ता भएका छ्न ।

 

 

सम्मेलनमा ९ वटा न्यायिक समितिका पदाधिकारी, २६० मेलमिलापकर्ताहरुको सहभागीता रहेको सम्योजक बर्माले जानकारी दिनुभयो । झिमरुक गाउपालिकाका उपाध्यक्ष एव न्यायिक समितिका संयोजक प्रमोद पोख्रेलको अध्यक्षता भएको सम्मेलनको उद्घाटन प्रतिनिधि सभा सदस्य सुर्य थापाले गर्नुभएको थियो ।

Related Articles

Back to top button