प्यूठान । अनियमित विद्युत आपुर्ति नियमितको माग गर्दै राष्ट्रिय युवा संघ नेपाल प्यूठानले नेपाल विद्युत प्राधिकरण प्यूठानको ध्यानाकर्षण गराएको छ । पछिल्लो समय विद्युत सेवामा देखिएको अत्याधिक अनियमितताका कारण उपभोक्ताले हैरानी व्यहोर्नु परेको भन्दै संघले नियमित गराउनुपर्ने माग गरेको हो ।
अनियमित विद्युत आपुर्ति सुधार गरि गुणस्तरीय सेवा सहितको नियमित विद्युत आपुर्तिको व्यवस्था मिलाउन, विद्युत आपुर्ति अबरोध हुने भए पूर्वसूचना दिनुपर्ने र अनियमित विद्युत आपुर्तिकै कारण विद्युतीय सामाग्रीमा पुगेको क्षतिको क्षतिपुर्तिको व्यवस्थाका माग गर्दै ध्यानकर्षण गराएको युवा संघ प्यूठानका अध्यक्ष महेश पाण्डेले बताउनुभयो ।
प्यूठानबासीहरुले आफ्नो गाससँग साटेर जिल्लामा स्थापना भएको विद्युत गृह र उत्पादनले कम्तिमा जिल्लाका प्रत्येक घरमा १३२ केभी राष्ट्रिय ग्रिड मार्फत गुणस्तरीय विद्युत सेवा प्रदान गर्नु राज्यको दायित्व भएको उहाँको भनाई थियो ।
