प्यूठान । अढाई वर्षीय बालकको आमा चन्द्रकला बस्नेत । रक्त क्यान्सर भएपछि अहिले अस्पतालको बेडमा हुनुहुन्छ । विरामी भएपछि बच्चालाई घरमै छाडिएको छ । उपचारका लागि आर्थिक अभावले गर्दा थप समस्या भएको छ ।
परिवारको स्रोतले मात्र उपचार सम्भव नभएपछि परिवारले उपचारका लागि सहयोग गर्न अपिल गरेको छ । रोगले थलिएपछि नीजि विद्यालयमा गर्दै आउनुभएको शिक्षण पेशा समेत छाड्नु परेको पारिवारीक स्रोतले बताएको छ ।
उहाँको सिविल अस्पताल काठमाण्डौमा किमो थेरापी भैरहेको छ । नेपाली विषयमा स्नातकोत्तर गर्नुभएकी बस्नेतले विभिन्न लेख रचना समेत प्रकाशित गर्नुभएको छ । मल्लरानी गाउँपालिका–४ पाण्डेडाँडा निवासी बस्नेतलाई सहयोग गर्न चाहने व्यक्तिले NIC Asia Bank Limited Branch Jumri, Pyuthan मा रहेकाे बस्नेतकाे खाता नं 1275751272781001 मा सहयोग गर्न सक्ने परिवारले बताएका छन् । विरामीको बारेमा थप बुझ्नका लागि सम्पर्क नम्वर ९८४१९९३१२८ समेत रहेको छ ।
