> राष्ट्रिय > झिमरुक गाउँपालिकामा वास योजना अनुसार काम थालिने


झिमरुक गाउँपालिकामा वास योजना अनुसार काम थालिने

झिमरुक । झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले झिमरुकले ग्रामीण भेगका स्थानीय उपभोक्तालाई सुरक्षीत खानेपानी परिपुर्तिको लागी वास योजनालाई आगामी बन्ने नीति तथा कार्यक्रमबट अगाडि बढ्ने बताउनुभएको छ ।

 

झिमरुक गाउँपालिकाले बुधबार खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धि एकदिने अन्तरक्रिया कार्यक्रममा उहाँले
गाउँपालिका भित्र रहेका सबै टोल बस्तिमा खानेपानीको परिपुर्तिका लागि अहिलेको अवस्थाबाट सुरक्षीत खानेपानी वितरणलाई थप प्रभावकारी बनाउन वास योजना अनुसार पहल थालिने बताउनुभयो ।

 

गाउँपालिकामा तत्कालीन, मध्यकालीन र दीर्घकालीन गरेर योजनालाई प्राथमिकता गरि सन २०३० सम्म सरकारले लिएको दिगो बिकास लक्ष्यलाई आत्मसात गर्दै गाउँपालिकाले सुरक्षीत खानेपानी, एक घर एक धारा, गुणस्तरीय खानेपानी वितरणलाई नियमित आपूर्ति र पुर्ण सरसफाइ कार्यलाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

स्थानीय उपभोक्ताले आफ्ना संरचनालाई नियमित मर्मतसम्भार र जनश्रमदानलाई प्राथमिकता दिन समेत आग्रह गर्नुभएको छ । उपभोक्ताहरुले नियमित रेखदेख, मर्मतसम्भार र सरसफाइलाई ध्यान दिएमात्र योजनालाई लामो समय टिकाई राख्न सकिने बताउनुभयो ।

गाउँपालिकाले वास योजनाको अन्तिम ड्राफ्ट तयार भइसकेकोले यस्को थप अध्ययन गरेर अन्तिम रुप दिने तयारीमा रहेको अध्यक्ष एमसीले बताउनुभयो । वास योजनाले अन्तिम रुप पाएपछि गाउँपालिकामा वितरण गरिने खानेपानी र निर्माण गरिने संरचनामा थप गुणस्तरीयता कायम गर्न सजिलो हुने उहाँको भनाई छ ।

त्यस्तै स्थानीय जनतालाई सुरक्षीत र गुणस्तरीय खानेपानी घरघरसम्म पुर्याउन स्थानीय सरकारले बनाउने नीति र वास योजनामा भरपर्ने भएकोले यस तर्फ सकारात्मक पहल थाल्नुपर्ने संघिय खानेपानी मन्त्रालयका सिनियर इन्जिनियर डा. रन्जित ओझाले बताउनुभयो । अहिले भैरहेको खानेपानीका मुहान र संरचनाको हालको अवस्था कस्तो छ र सुधारको लागि के गर्नुपर्ने भन्ने सिकाइबाट ग्रामीण जनतालाई वितरण गरिने खानेपानी सुरक्षा र गुणस्तर कायम लगाएत अब निर्माण हुने संरचना, पानीको शुद्धतामा भरपर्ने बताउनुभयो ।

 

गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा उपाध्यक्ष प्रमोद पोख्रेल, संघिय खानेपानी मन्त्रालयका सिनियर इन्जिनियर डा. रन्जित ओझा, प्रमुख प्रशासकीय अधिकृत सुवास रिजाल खानेपानी बिभाग, कर्णाली जल परियोजना गाउँपालिका महासंघ प्रतिनिधि शिक्षा स्वास्थ्य सरसफाइ संग सम्बन्धित कर्मचारी वास फोकल पर्सन, संघ संस्थाहरु, वडा अध्यक्ष लगायतको उपस्थित रहेको थियो ।