> राष्ट्रिय > वकर ईदको प्रधानमन्त्री, नेकपा अध्यक्ष र राष्ट्रिय सभा अध्यक्षद्धारा शुभकामना जारी


वकर ईदको प्रधानमन्त्री, नेकपा अध्यक्ष र राष्ट्रिय सभा अध्यक्षद्धारा शुभकामना जारी

प्यूठान, १७ साउन । इस्लाम धर्मावलम्बीहरुको महान पर्व बकर ईद आज मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ ।

यस महान पर्वको अवसरमा प्रधानमन्त्री के.पी. शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले शुभकामना व्यक्त गर्नुभएको छ । छुट्टा छुट्टै शुभकामना सन्देश जारी गर्दै उहाँहरुले सास्कृतिक विकाससँगै नेपालीहरु वीच भाईचाराको सम्वन्ध स्थापित गर्न प्रेरणा मिल्ने उल्लेख गर्नुभएको छ ।

तीन दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि भनिन्छ । बलिदानीको पर्वका रुपमा लिइने बकर इद मुस्लिम महिना जुल हिज्जाको दशौँ दिन मनाउने गरिन्छ ।

मस्जिदमा भेला भई विशेष नमाज पढ्ने चलन रहे पनि यसपटक कोरोना भाइरस संक्रमणको जोखिम भएकाले घरमै बसेर नमाज पढ्न राष्ट्रिय मुस्लिम आयोगले सबैलाई आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *