> समाज > क्वारेन्टाईनमा बसेका ११ जना घर फर्किए


क्वारेन्टाईनमा बसेका ११ जना घर फर्किए

प्यूठान, २८ चैत्र ।
स्वर्गद्धारी नगरपालिकाले निर्माण गरेको क्वारेन्टाईनमा बसेका ११ जना व्यक्ति घर फर्किएका छन् ।

शुक्रवार र्यापिड डाईनोष्टिक टेष्ट (आरडिटी) मार्फत कोरोनाको परीक्षण गर्दा नेगेटिभ नतिजा आएकाले घर पठाईएको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले जानकारी दिनुभयो । घर पठाईएकाहरुलाई २१ दिन पुग्ने गरी घरमै होम क्वारेन्टाईनमा बस्न अनुरोध गरिएको समेत उहाँले जानकारी दिनुभयो ।

स्वर्गद्धारी नगरपालिकाको झुपाकोट प्रा.वि.मा रहेका ८ जना र सालावाङमा राखिएका ३ जना भारतको चन्नाईबाट आएका थिए । चैत्र ११ गतेदेखि क्वारेन्टाईनमा राखिएका उनीहरुलाई आज १८ औं दिनको दिन घर पठाईएको स्वास्थ्य शाखा प्रमुख दलबहादुर के.सी.ले जानकारी दिनुभयो ।

त्यस्तै भोलि विहान मोति मावि बरौंलामा रहेको क्वारेन्टाईनमा बसेका १६ जनाको परीक्षण गर्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *