प्यूठान, १० कात्तिक । नौबहिनी गाउँपालिका–५ डामृमा गोली लागेर एक वृद्धको ज्यान गएको छ ।
७१ वर्षीय दल बहादुर सुनारको दशैको दिन विहानै गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
बारीमा बादरकाे हुललाइ धपाउने क्रममा हेमलाल सुनारले चलाएको भरुवा बन्दुकको गोली लागेको हो ।
घटना भएलगत्तै ३४ वर्षीय सुनार आफै प्रहरी चौकी डामृमा पुगेर घटनाबारे जानकारी गराएको प्रहरीले जनाएको छ । सुनारलाई जिल्ला प्रहरी कार्यालय खलंगामा राखिएको छ । घटना विहान ७ बजे भएकाे थियाे ।
