> समाज > ज्योती विकास बैंकले दियो केएन–९५ मास्क


ज्योती विकास बैंकले दियो केएन–९५ मास्क

प्यूठान, २६ असार ।
ज्योती विकास बैंक बाग्दुला प्युठानले केएन–९५ मास्क र सेनीटाइजर वितरण गरेको छ । स्थानीय तहका कर्मचारी, स्वास्थ्यकर्मी र पत्रकारलाइ वितरण गर्ने गरी प्यूठान नगरपालिकाका नगरप्रमुख अर्जुनकुमार कक्षपतिलाइ हस्तान्तरण गरेको हो ।

ज्योति विकास बैंकका संस्थापक शेयर धनी तथा साविक झिमरुक विकास बैंकका पुर्व सिइयो मदन बहादुर केसीको पहलमा ५ सय थान मास्क र २ सय थान सेनीटाइजर हस्तान्तरण गरीएको शाखा प्रवन्धक दिपक खड्काले जानकारी दिनुभयो ।

फ्रन्टलाइनमा खटीएर सेवा र काम गर्नेहरुलाइ सहयोगार्थ सामाजिक दायित्व निर्वाह स्वरुप बितरण गरिएको उहाँले बताउनुभयो ।

पत्रकार महासंघलाइ ४० मास्क र २० पिस सेनिटाइजर
यसैबीच, बैकले उपलब्ध गराएको ४० थान मास्क र २० थान सेनीटाइजर प्यूठान नगरपालिका नगर प्रमुख अर्जुन कुमार कक्षपतिले नेपाल पत्रकार महासंघ प्युठानलाइ हस्तान्तरण गर्नुभएको छ ।

महासंघ प्युठान शाखाका उपाध्यक्ष एलबी थापालाइ पत्रकारहरुलाइ वितरण गर्ने गरी हस्तान्तरण गर्नुभएको हो । जिल्लामा सन्चालित आमसन्चारका माध्यममा कार्यरत जोखिम मोलेर काम गर्दै आएका सञ्चारकर्मि र पत्रकारहलाइ वितरण गरीने उपाध्यक्ष थापाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *