> समाज > प्यूठानमा ११३ जना एचआईभी संक्रमित


प्यूठानमा ११३ जना एचआईभी संक्रमित

प्यूठान, १६ मंसिर । आज प्यूठानसहित देशभर ३३ औँ विश्व एड्स दिवस सचेतना मूलक कार्यक्रम गरि मनाईएको छ । एचआइभी नियन्त्रण तथा रोकथामको लागि विश्वव्यापी ऐक्यवद्धता तथा साझा जिम्मेवारी भन्ने नारासहित देशभर विश्व एड्स दिवस मनाईएको हो ।

प्यूठान प्लसको आयोजनामा प्यूठानको विजुवारमा पनि एड्स दिवस सचेतना मूलक कार्यक्रम गरिएको प्यूठान प्लसका व्यवस्थापक विष्णु पाण्डेले जानकारी दिनुभयो ।

 

हालसम्म प्यूठानमा ११३ जना एचआइभि संक्रमित पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । जसमध्ये हाल प्यूठान अस्पतालमा रहेको ब्च्त् केन्द्रमा ८३ जना उपचाररत रहेको र अन्य कुनै जिल्लाबाहिर गएको र कुनैको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदिले जानकारी दिनुभयो । उपचाररत सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रमुख सुवेदिले जानकारी दिनुभयो । संक्रमितमध्ये अधिकांश बैदेशिक रोजगारबाट फर्किएका र उनिहरुको परिवार रहेको उहाँको भनाई छ । लागुपदार्थ सेवन गर्ने, असुरक्षित यौन सम्पर्क तथा निर्मलीकरण नगरिएको औजारहरुको प्रयोगबाट एचआइभि सर्ने गर्दछ, उहाँले भन्नुभयो, बैदेशिक रोजगारबाट फर्किएकामा यसको जोखिम धेरै रहेको पाइन्छ ।

 

यस्तै गत आ.वमा एचआईभि संक्रमित २ जना महिलाले स्वास्थ्य बच्चाको जन्म दिएको स्वास्थ्य प्रमुख सुवेदिले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *