> आर्थिक/बिकास > लुम्बिनी प्रदेशको बजेटमा प्यूठानको कुन–कुन योजना ?


लुम्बिनी प्रदेशको बजेटमा प्यूठानको कुन–कुन योजना ?

प्यूठान । बुधबार लुम्बिनी प्रदेशले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा प्यूठानका विभिन्न योजनाहरु समेटिएका छन् । आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले आफ्नो जिल्लाका लागि विभिन्न योजना तथा बजेट विनियोजन गर्नुभएको छ ।

 

  • अत्याधुनिक ल्याप्रोस्कोपी सेवा विस्तारका लागि प्यूठान अस्पताललाई २ करोड
  • प्यूठान अस्पताल सहित गुल्मी, बर्दिया र पृथ्वीचन्द अस्पतालमा डिआर एक्सरे सञ्चालनका लागि १ करोड ४० लाख
  • गुणस्तरीय पाठ्यक्रम, दक्ष प्रशिक्षक, प्रभावकारी शिक्षण विधि र सिप परिक्षणका माध्यमबाट गुणस्तरीय तालिम सञ्चालन गर्न प्यूठानमा ल्याव सहितको सीप प्रतिष्ठान स्थापना गर्न १ करोड

 

यसबाहेक स्वास्थ्य संस्था सुदृढीकरण र भवन निर्माण, अल्लो व्यवसाय प्रर्वद्धन, ओखर, टिमुर, अल्लो, दालचिनी, चिउरी र मालागिरी लगायत जडिवुटीको खेती विस्तार, सदरमुकाम र महत्वपूर्ण स्थानमा सौर्य बत्ति जडान लगायतका कार्यक्रम समेटिएको छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *