प्यूठान, १९ बैशाख । फूलवारी बचत तथा ऋण सहकारी संस्था प्यूठान २३ औं वर्षमा प्रवेश गरेको छ । संस्था आज कै दिन २०५५ सालमा स्थापना भएको थियो ।
स्थापना दिवसको अवसरमा संस्थाका अध्यक्ष भोज बहादुर बस्नेतले शेयर सदस्य, सहयोगी निकाय तथा शुभेच्छुक महानुवाहरुमा शुभकामना सन्देश दिनुभएको छ । १ हजार ३ सय रुपियाँबाट सहकारी स्थापना गरिएको हो ।
स्थापना दिवसको लागि तय गरिएको कार्यक्रमहरु कोरोना भाइरसको महामारीका कारण आगामी साधरण सभामा सञ्चालन गरिने व्यवस्थापक प्रकास वैद्य जानकारी दिनुभएको छ ।
सहकारीमा हाल ४ हजार, ४ सय ४७ जना शेयर सदस्य रहेका छन् । चैत्र मसान्त सम्मको तथ्यांक अनुसार कूल पुँजी १४ करोड ७० लाख ५ हजार ६ सय ४२ रुपैयाँ रहेको सुचना अधिकारी नेत्र बहादुर कुवंरले जानकारी दिनुभयो ।
संस्थाले विभिन्न शिर्षकमा बचत, ऋण लगानी र रेमिटान्स सेवा प्रवाह गर्दै आएको छ ।
लगानीमा रहेको ऋण ११ करोड ८७ लाख ८६ हजार ८ सय ५२ रहेको छ । फुलबारीले आपतकालिन, घर खर्च, लघुवित्त, कृषि, व्यापार, शैक्षिक, भवन निर्माण, जग्गा खरिद जस्ता क्षेत्रमा ऋण लगानी गर्दै आएको छ ।
फुलबारी सहकारीले राष्ट्रिय स्तरको प्रोबेसन ब्राण्ड समेत प्राप्त गरेको छ । संस्थाले साविकका १० गाविस समेट्ने प्यूठान नगरपालिका, मल्लरानी गाउँपालिका, ऐरावती गाउँपालिका र माण्डवी गाउँपालिकाको कार्य क्षेत्रमा सेवा सञ्चालन गरेको छ । केन्द्रिय कार्यालय खैरा रहेको संस्थाको सेवा केन्द्र खलंगा, विजुवार र जस्पुरमा रहेको छ ।
