> समाज > ‘लक डाउन’कडाई गर्न माण्डवीमा युवा स्वंयमसेवक


‘लक डाउन’कडाई गर्न माण्डवीमा युवा स्वंयमसेवक

प्रज्वल पहाडी
प्यूठान, २८ चैत ।
माण्डवी गाउँपालिकाले सरकारले घोषणा गरेको लक डाउनलाई कडाई गर्न स्वयमसेवक परिचालन गरेको छ । सरकारले कोरोनाको महामारीवाट सुरक्षित हुन बैशाख ३ गतेसम्मका लागि दोस्रो पटक समय थप गरेसंगै पालिकाले स्वंयमसेवक परिचालन गरेको हो ।

पालिका भर ८० जना स्वंयमसेवकहरु परिचालन गरेको पालिका अध्यक्ष श्रीधर रोकाले बताउनुभयो । ‘प्रत्येक वस्तीहरुमा दुई÷दुई जना स्वंयमसेवकहरु खटाएका छौं’ ,अध्यक्ष रोकाले भन्नुभयो, ‘भारत तथा तेस्रो मुलुकवाट समेत धेरै मानिसहरु भित्रियकोले सावधानी अपनाउन जरुरी छ ।’

प्रति स्वंयसेवक खाजा खर्च वापत दैनिक एक÷एक सय रुपैया प्रदान गर्ने गरि परिचालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर रिजाले जानकारी दिनुभयो ।

पालिकामा चैत ४ गते यता भारत तथा तेस्रो मुलुकवाट ६८८ जना भित्रिएका छन् । ६ जनालाई क्वारेन्टाईनमा राखिएको अधिकृत रिजालले बताउनुभयो । एक जनाको स्वाव परीक्षणका लागि कोरोना विशेष अस्पत्ताल वेलझुण्डी दाङ्ग पठाईएको छ । गौरीफण्टा नाका हुदै नेपाल आएका कैलाली तथा कञ्चनपुरका कोरोना संक्रमिसंगै भित्रिएका माण्डवी गाउँपालिका ४ उदयपुरकोटका एक यूवालाई परिक्षणका लागि पठाईएको हो ।

लक डाउनलाई कडाई गर्न अन्य पालिकामा समेत यूवा तथा बाल क्लवहरु सक्रिय वन्दै आएका छन् । नेपालमा कोरोना भाईरस संक्रमितहरुको संख्या वढेसंगै उनीहरु गाउँगाउँमा सचेतना तथा गाउँ प्रवेशमा रोक लगाउन सक्रिय वन्दै आएका हुन ।

गाउँमा लक डाउन कार्यान्वयनका लागि सचेतनासंगै भौतिक दुरी कायम गर्दै अनुगमनका क्रियाकलाप संचालन गरिएको नौबहिनी गाउँपालिका–६ स्थित प्रगतिशिल यूवा विकास समाजका उपाध्यक्ष केशव के.सी.ले बताउनुभयो । ‘पालिकाको समन्वयमा वस्तीवस्तीमा माईकिङ्ग तथा अनुगमनलाई तिव्रता दिएका छौं’ ,उहाँले भन्नुभयो ।

फाईल तस्विर प्रयोग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *