प्युठान । आर्थिक वर्ष ०७९/०८० मा सम्पादित स्वास्थ्य सूचक मूल्यांकनको आधारमा उत्कृष्ट पालिका छनौट गरिएको छ । स्वास्थ्य कार्यालय प्युठानका अनुसार पहिलो ऐरावति गाउँपालिका, दोस्रो मल्लरानी गाउँपालिका र तेस्रो गौमुखी गाउँपालिका भएका छन ।
त्यसैगरी उत्कृष्ट स्वास्थ्य संस्था समेत छनौट गरिएको छ । उत्कृष्ट स्वास्थ्य संस्थामा पहिलो माण्डवि गाउँपालिकाको देबिस्थान स्वास्थ्य चौकी, दोस्रो मल्लरानी गाउँपालिकाको धरमपानी स्वास्थ्य चैकी र तेस्रो प्युठान नगरपालिकाको सापडाडा स्वास्थ्य चौकी रहेको छ ।
मल्लरानी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पारश शाहीले जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ आमा समुहको सहयोगले उक्त स्थानमा पुग्न सफल भएको बताउनुभयो ।
माण्डवि गाउँपालिकाका स्वास्थ शाखा प्रमुख धुर्व कुमार पोख्रेलले स्वास्थ्य चौकी प्रमुख, कर्मचारी एबम ब्यवस्थापन समिति लगायतको भूमिकाकोले उत्कृष्ट स्वास्थ्य संस्था बन्न सफल भएको बताउनुभयो ।
