> आर्थिक/बिकास > कृषि तथा पशुपालन क्षेत्रमा टेवा पुर्याउँदै गोल परियोजना


कृषि तथा पशुपालन क्षेत्रमा टेवा पुर्याउँदै गोल परियोजना

झइन्द्र भण्डारी
प्यूठान, १३ असार ।स्वर्गद्वारी नगरपालिकामा कृषि तथा जीविकोपार्जन प्रर्वद्धन कार्यक्रम(गोल)ले कृषि तथा पशुपालन क्षेको विकासमा टेवा पुर्याउँदै आएको छ ।

स्वर्गद्वारी नगरपालिकामा सञ्चालित परियोजनाले पालिकाका किसानहरुलाई आवद्ध गरि कृषि तथा पशुपालन क्षेत्र मार्फत आयआर्जनको बाटोमा अघि बढाउँदै आएको हो ।

परियोजनाको वार्षिक समिक्षा आज गरिएको छ । परियोजनाले महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको सीप तथा क्षमता अभिवृद्धि , कृषि उद्यमीहरूको पहुँच वृद्धि , संकटासन्न समुदायको जीविकोपार्जन , उत्थानशील तथा विकासका लागि वातावरण सिर्जना , कृषि तथा पशुपालन क्षेत्रको विकास, स्वास्थ्य क्षेत्रको विकासमा सहकार्य , लैङ्गिक हिंसाको नियन्त्रण आदि क्षेत्रमा काम गर्दै आएको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

परियोजनाले नगरपालिकाभित्र १ हजार २ सय ८८ सदस्यलाई आबद्ध गरेको छ । ६० ओटा कृषि तथा पशुपालन समुहको गठन गरि विकासका कार्यक्रमहरू गर्दै आएको कार्यक्रम संयोजक मोहन सुवेदीले जानकारी दिनुभयो ।ती मध्ये ४६ समुह नगरपालिकाको कृषि, पशु सेवा शाखामा दर्ता छन ।

परियोजनाले चालु आर्थिक वर्षमा १ करोड ४ लाख २५ हजार ८ सय २० रुपियाँ बजेट मध्ये ९५ लाख ९९ हजार ५ सय ५५ रुपैयाँ खर्च गरेको छ । कोभिड १९ को संक्रमणले परियोजनाको उद्देश्य अनुरुप सम्पूर्ण कार्यक्रम गर्न नसकिएको परियोजनाका संयोजक सुवेदीले जानकारी दिनुभयो ।

समिक्षा कार्यक्रममा नगरप्रमुख नेत्र बहादुर रोका क्षेत्रीले परियोजनासँगको सहकार्य तथा साझेदारी गर्दै अगाडि बढेको हुनाले महिला, बालबालिका, कृषि, पशुपालन जस्ता क्षेत्रको विकासमा सफल भएको बताउनुभयो ।
कृषि र पशुपालनले नगरबासीको जीवन परिवर्तन हुने भन्दै त्यसको लागि बस्ती स्तरमा पकेट क्षेत्र बनाएर व्यवसायीकरणतर्फ लाग्नुपर्ने बताउनुभयो । त्यसको लागि थप सहकार्य गर्दै जाने समेत बताउनुभयो ।
अष्ट्रेलियन एडको आर्थिक सहयोग, आड्रा नेपाल, रुपान्तरण र फुलवारी एकिकृत ग्रामीण बिकास संस्थाको साझेदारीमा परियोजना सञ्चालनमा छ ।

संस्थाका अध्यक्ष गुणेन्द्र बहादुर बस्नेतको उपस्थिती रहेको कार्यक्रममा स्वागत उपाध्यक्ष छन्द बहादुर बस्नेत र सञ्चालन कार्यकारी निर्देशक टिकाराम आचार्यले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *