राजनीतिराष्ट्रियसमाज

रोल्पा विस्फोट : परिवारलाई द्धन्द्ध पीडित सरह राहत

प्यूठान, १९ बैशाख ।
तत्कालिन राज्य पक्ष र विद्रोही पक्षबाट भुलवस बेवारिसे अवस्थामा छाडिएका विस्फोटक पदार्थको पहिचान गरि नष्ट गर्न माग गरिएको छ । हिजो रोल्पाको त्रिवेणी गाउँपालिकामा बेवारिसे बम विस्फोट भई चार जना बालबालिकाको मृत्यु भएलगत्तै बेवारिसे विस्फोटक पदार्थ नष्ट गर्न माग गरिएको हो ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य गोकुल घर्तिले विगत दश वर्षे द्धन्द्धबाट रोल्पा जिल्ला अत्यधिक प्रभावित भएको भन्दै जिल्लावासीको शान्तिपूर्ण तथा मानवोचित ढंगले जीवन बाच्ने कुराको सुनिश्चितता गर्न माग गर्नुभएको हो । उहाँले शोक वक्तव्य जारी गर्दै बेवारिसे विस्फोटक पदार्थ नष्ट गर्न तीनै तहका सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

उहाँले मृतक बालबालिकाको परिवारलाई द्धन्द्धपिडीत सरहको राहत तथा सुविधा उपलब्ध गराउन समेत माग गर्नुभएको छ । त्रिवेणी गाउँपालिका ७ मैतेकातिनामा बम विस्फोट हुँदा चार बालबालिकाको मृत्यु भएको हो । पाँच वर्षीय विजय खत्री, ११ वर्षीया विमला खत्री, १३ वर्षीय गौरव नेपाली र १४ वर्षीय नोखिराम डाँगीको विस्फोटमा परि ज्यान गएको हो ।

Related Articles

Back to top button