प्यूठान । महिला तथा किशोरीलाई आवश्यक पर्ने मर्यादित सामाग्री वितरण गरिएको छ । रास्ट्रिय अपांग सेवा संघ प्युठानको आयोजनामा आज मल्लरानी गाउँपालिका वडा नंं ४ र ५ का का १५ जना महिला तथा किशोरीलाई सामाग्री वितरण गरिएको हो ।
युएनएफपिए, सिद्धार्थ सामाजिक बिकास केन्द्र कपिलवस्तुको सहयोगमा सामाग्री विरतण गरिएको संघका अध्यक्ष जुमानसिंह केसीले बताउनुभयो । दैनिक रुपमा प्रयोग हुने हुने स्वास्थ्य सामाग्री तथा पोशाक प्रदान गरिएको के.सी.ले बताउनुभयो ।
मल्लरानि गाउपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काको विशेष उपस्थितिमा सामाग्री वितरण गरिएको थियो । दलित महिला, एकल महिला, अपाङ्गता भएका महिला, सुत्केरी तथा आर्थिक रुपले विपन्न महिला तथा किशोरीहरु छनोट गरि सामान वितरण गरिएको अध्यक्ष के.सी.ले जानकारी दिनुभयो ।
संघले मल्लरानी गाउँपालिका वडा नं. ५ खैरा , वडा नं. ३ को धरमपानी, वडा न ४ खलंगा, प्यूठान नगरपालिका लगयएत स्थानीय तहमा गरि ३३ जना महिला र १५ जना किशोरी लाई सामाग्री वितरण गरिएको अध्यक्ष केसीले जानकारी दिनुभयो ।
