> आर्थिक/बिकास > प्यूठानमा मेड्पा कार्यक्रम : कुन पालिकामा कति उद्यमी बनाउने लक्ष्य


प्यूठानमा मेड्पा कार्यक्रम : कुन पालिकामा कति उद्यमी बनाउने लक्ष्य

प्यूठान, ०६ माघ । जिल्लाका सवै स्थानीय तहमा गरीवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) शुरु भएको छ ।

चालु आर्थिक वर्षमा सवै स्थानीय तहमा गरेर दुई करोड ७५ लाख रुपियाँ कार्यक्रमका लागि खर्च गर्न लागिएको छ ।

यसअघि जिल्लामा गैर सरकारी संस्था मार्फत कार्यक्रम सञ्चालन हुँदै आएपनि यस वर्षदेखि स्थानीय तहलाई मेड्पाको जिम्मेवारी दिइएको हो । सवै स्थानीय तहले कार्यक्रम कार्यान्वयनका लागि कर्मचारी छनौट र फोकल पर्सन समेत तोकेका छन् ।

स्वर्गद्वारीमा सवैभन्दा बढी
जिल्लाको स्वर्गद्वारी नगरपालिकाले कार्यक्रम मार्फत एक सय ५० जना उद्यमी सृजना गर्दैछ । नगरपालिकाका प्रवक्ता एवं ५ नम्वर वडाका वडा अध्यक्ष हिरामणी भण्डारीले कार्यक्रमका लागि ४० लाख रुपियाँ बजेट रहेको जानकारी दिनुभयो । एक सय जना नयाँ र ५० जना पुराना उद्यमी सृजना गरिने समेत उहाँले बताउनुभयो । कार्यक्रम ३, ४, ५ र ७ वडामा लागु हुने उहाँको भनाई छ ।

प्यूठान नगरपालिकाको ९ र १० वडामा कार्यक्रम
प्यूठान नगरपालिकाको ९ र १० वडा कार्यक्रमका लागि छनौट गरिएको छ । २९ लाख बजेट अन्र्तगत ८० जना नयाँ र ४० जना पुराना उद्यमीको स्तरोन्नती गर्ने कार्यक्रम रहेको छ ।

सरुमारानीका सवै वडामा स्तरोन्नती कार्यक्रम
सरुमारानी गाउँपालिकामा १ र ३ वडा कार्यक्रमका लागि छनौट गरिएको छ । २९ लाख बजेटबाट ८० जना नयाँ र ४० जना स्तरोन्नती गर्ने कार्यक्रम रहेको छ । स्तरोन्नतीको कार्यक्रम भने सवै वडामा गर्न सकिने गरि निर्णय भएको छ ।

माण्डवीमा ९३ जना नयाँ उद्यमी सृजना गर्ने
माण्डवी गाउँपालिकामा ९३ जना नयाँ र ४० जना उद्यमी स्तरोन्नती गर्ने लक्ष्य रहेको छ । जसका लागि ३२ लाख रुपियाँ बजेट रहेको छ । कार्यक्रम ३ र ४ वडामा सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।

नौबहिनीको ७ र ८ वडा छनौट
नौबहिनी गाउँपालिकामा नयाँ ९० जना र पुराना उद्यमी ४० जना स्तरोन्नती गर्ने कार्यक्रम रहेको छ । ७ र ८ वडामा सञ्चालन गर्ने कार्यक्रमका लागि ३१ लाख बजेट रहेको छ ।

झिमरुकमा ६१ जना नयाँ उद्यमी सृजना गरिने
झिमरुक गाउँपालिकाको ६ र ७ वडामा गरेर नयाँ ६१ जना र स्तरोन्नती ४० जनालाई गरिदैछ । जसका लागि २३ लाख रुपियाँ बजेट रहेको छ । नयाँ ८० जना र स्तरोन्नती ४० जनालाई गर्ने गरि

गौमुखीको ३ र ४ मा कार्यक्रम
गौमुखीमा २९ लाख रुपियाँ बजेट रहेको छ । कार्यक्रम वडा नम्वर ३ र ४ मा सञ्चालन गर्ने पालिकाले निर्णय गरेको छ । ८० जना नयाँ उद्यमी सृजना हुँदैछन भने ५० जना पुराना उद्यमी स्तरोन्नती गर्ने कार्यक्रम रहेको प्रमुख प्रशासकीय अधिकृत राजिव पन्थीले जानकारी दिनुभयो ।

ऐरावतीमा २६ लाख बजेट
ऐरावती गाउँपालिकामा कार्यक्रम सञ्चालनका लागि २६ लाख रुपियाँ विनियोजन गरिएको छ । सवै नयाँ उद्यमी सृजना गर्ने गरि ३ र ५ नम्वर वडा पालिकाले छनौट गरेको छ । लेखा अधिकृत भुप बहादुर केसीका अनुसार ९० जना नयाँ उद्यमी सृजना र ४० जना पुराना उद्यमीलाई स्तरोन्नती गर्ने लक्ष्या रहेको छ ।

मल्लरानीको ३ र ५ वडामा कार्यक्रम
मल्लरानी गाउँपालिकामा ९० जना नयाँ सृजना र ४० जना पुराना उद्यमीलाई स्तरोन्नती गर्ने कार्यक्रम छ । ३६ लाख रुपियाँ बजेट विनियोजन गरिएको कार्यक्रम वडा नम्वर ३ र ५ मा सञ्चालन गर्ने निर्णय भएको योजना अधिकृत बन्दना शाक्यले जानकारी दिनुभयो । कार्यक्रमबाट साझा सुविधा केन्द्र समेत स्थापना गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *