स्थानीय सरकार

झिमरुकमा माओवादीको नेतृत्व

प्यूठान । झिमरुक गाउँपालिकामा नेकपा माओवादी केन्द्रको नेतृत्व आएको छ । आज सम्पन्न मतगणनाबाट पालिका अध्यक्षमा माओवादी केन्द्रका पित बहादुर एम.सीं निर्वाचित हुनुभएको छ ।

 

एमसीले प्रतिस्पर्धी राष्ट्रिय जनमोर्चाका टिका जि.सी.लाई पछि पार्दै जित हासिल गर्नुभएको हो । एमसीले ५९२९ र प्रतिस्पर्धी जिसीले ५६९६ मत पाउनुभयो ।

 

पालिका उपाध्यक्षमा नेपाली कांग्रेसका प्रमोद पोख्र्रेल विजयी हुनुभएको छ । पोख्रेलले ६४१९ र प्रतिस्पर्धी नेकपा एमालेका विष्णु घर्तिमगरले ४५६२ मत पाउनुभयो ।

 

झिमरुकमा नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन भएको थियो । त्यसैगरि नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो ।

Related Articles

Back to top button