प्यूठान । गौमुखी गाउँपालिका ३ रजबारामा कांग्रेस-माओवादी गठबन्धनको प्यानल विजयी भएको छ । नेपाली कांग्रेसका जंगबहादुर पुन सहितको प्यानल वडामा विजयी भएको हो ।
वडा अध्यक्ष पुनले ६६७, प्रतिस्पर्धी नेकपा एमालेका लाल बहादुर सेनले ४१३ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी गौमुखी गाउँपालिका वडा नम्वर ४ पुँजामा गठबन्धनबाट माओवादीका धनिराम विक वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । धनिरामले ७५४ र प्रतिस्पर्धी राष्ट्रिय जनमोर्चाका कृष्ण प्रसाद जैसीले ७०९ र यसअघिका वडा अध्यक्ष तथा नेकपा एमालेका टुक बहादुर केसीले २९७, राष्ट्रिय जनमोर्चाबाट बागी उठ्नुभएका स्वतन्त्र हरि बहादुर केसीले ६० मत पाउनुभएको छ ।
