> स्थानीय सरकार > प्यूठान नगरपालिका १० मा स्वतन्त्रको प्यानल विजयी


प्यूठान नगरपालिका १० मा स्वतन्त्रको प्यानल विजयी

प्यूठान । प्यूठान नगरपालिका वडा नं. १० मा स्वतन्त्रबाट उठेका उम्मेदवार विजयी भएका छन् । वडा अध्यक्षदेखी सवै सदस्य स्वतन्त्रका विजयी भएका हुन् ।

 

वडा अध्यक्ष लोक बहादुर केसीले ६१४ मत प्राप्त गर्नुभयो । प्रतिस्पर्धी नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार माधव प्रसाद पराजुलीलले ५०० र गठबन्धनका उम्मेदवार नरेन्द्र गिरी (कमल)ले ३४२ मत पाउनुभएको छ ।

महिला सदस्य निशा रोका मगर, दलित महिला सदस्य कुन्ता सुनार, खुल्ला सदस्य तेज बहादुर खड्का(पण्डित र राजकुमार थापा विजयी हुनुभएको छ ।

 

गठबन्धनको सहमति अनुसार १० नम्वर वडामा राष्ट्रिय जनमोर्चाले वडा अध्यक्ष पाएको थियो । नेकपा माओवादीका लोक बहादुर केसी सहितका उम्मेदवारले बागी उठ्दै स्वतन्त्रबाट उम्मेदवारी दिनुभएको हो । उक्त उम्मेदवारीलाई नेकपा माओवादीका नेता कृष्णध्वज खड्काले पनि समर्थन गर्दै सामाजिक सञ्जालमा पोष्ट गर्नुभएको थियो । सामाजिक सञ्जालमा टिप्पणी भएपछि पोष्ट डिलिट गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *