प्यूठान । मल्लरानी गाउँपालिका वडा नं. ४ मा गठबन्धनको प्यानल विजयी भएको छ । वडा अध्यक्षमा कुमार श्रेष्ठ नेतृत्वको गठबन्धनको प्यानल विजयी भएको हो ।
श्रेष्ठले ११७७ र एमालेका उम्मेदवार गोपाल प्रसाद नकर्मीले १००५ मत प्राप्त गर्नुभयो ।
त्यसैगरि माण्डवी गाउँपालिका ३ मा एमालेका धनेन्द्र कार्की विजयी हुनुभएको छ । झिमरुक गाउँपालिकाको २ नं. वडामा गठबन्धनबाट कृष्ण पोख्रेल र वडा नं. ३ मा मिन बहादुर खत्री विजयी हुनुभएको छ ।
त्यसैगरि नौबहिनी गाउँपालिका ३ मा गठबन्धनबाट डिल बहादुर केसी वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ ।






