प्यूठान, २१ असार । जिल्लाका पत्रकारको कोरोना जाँचको रिर्पोट आएको छ ।
असार १२ गते स्वाव संकलन गरि पठाइएको जिल्लाका १२ जना पत्रकारको रिर्पोट नेगेटिभ आएको हो ।
आज आएको रिर्पोटहरुमध्ये पत्रकार सवैको रिर्पोट नेगेटिभ आएको माण्डवी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख धुव्र कुमार पोख्रेलले बताउनुभयो ।
पत्रकार महासंघ प्यूठानको समन्वयमा गाउँपालिकाले १२ जना पत्रकारको पहिलो चरणमा कोरोना जाँच गरिएको पत्रकार महासंघ प्यूठानका सचिव विजयसिंह भारतीले जानकारी दिनुभयो ।