प्यूठान । गौमुखी गाउँपालिकाको मतगणना स्थगित भएको छ । मतगणनाको क्रममा मतपरिणाममा त्रुटी भएको भन्दै एमालेका उपाध्यक्षका उम्मेदवार ज्ञानुमाया केसीले विरोध जनाएपछि मतगणना स्थगित भएको हो ।
वडाहरुको मत जोड्ने क्रममा २६ मत आफ्नो नपुगेको भन्दै उपाध्यक्षले विरोध जनाउनुभएको छ । विवाद समाधान गर्ने विषयमा सर्वदलिय बैठक बस्दैछ । केसीको २६ मत कम भएको, अध्यक्षका उम्मेदवार जुमानसिंह जिसीको ४ मत कम, राष्ट्रिय जनमोर्चाका तारा पुरीको ३ मत कम भएको पाइएको छ ।
करिव दुई घण्टादेखी मतगणना रोकिएको छ ।
