आर्थिक/बिकासस्थानीय सरकार

ऐरावती गाउँपालिका काउलेका बहिनी समुहलाई दिदी समुहको बाख्रा उपहार

प्यूठान । आयआर्जनमा वृद्धि गरि कृषि तथा पशुपालनमा व्यावसायिकता ल्याउने उदेश्यले तीन वर्ष अघि ऐरावती गाउँपालिका–३ काउलेमा स्वावलम्बी महिला समुह गठन गरियो । २० जना सदस्यले दुई वर्ष अघि आयआर्जन गर्नका लागि बाख्रा पाए ।

ऐरावती गाउँपालिकाम सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता साझेदारी परियोजनाबाट पाएको बाख्राबाट उत्पादित बाख्रा बहिनी समुहलाई उपहार दिएका छन् ।

विहीबार ऐरावती गाउँपालिका वडा नम्वर ३ कै सुनगाभा स्वावलम्वी महिला समुह जावुनेलाई १८ वटा बाख्रा उपहार दिएको काउले स्वावलम्बी महिला समुहका अध्यक्ष कमला थापाले बताउनुभयो । गाउँमै गठित बहिनी समुहलाई १८ जना सदस्यले १/१ वटा बाख्रा उपहार प्रदान गरेको उहाँले जानकारी दिनुभयो ।

आफ्नो समुहले पाएको बाख्राबाट थप आयआर्जन गर्दै आगामी दिनमा अरु बहिनी समुहलाई यसैगरी उपहार दिने सुनगाभा स्वावलम्वी महिला समुहका अध्यक्ष गिता गुरुङले बताउनुभयो । परियोजनाले महिलाहरुको आयआर्जन वृद्धि गर्नका लागि गरेको कामबाट प्रभावित भएर आफूहरु समुहमा आवद्ध भई क्रियाशिल रहेको उहाँको भनाई छ ।

ऐरावती गाउँपालिकाका सवै ६ वटा वडामा ६६ वटा समुह गठन गरिएका छन । ऐरावती गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रले परियोजनाको सहजीकरण गर्दै आएको कार्यक्रम संयोजक नारायणलाल श्रेष्ठले जानकारी दिनुभयो ।

२०७९ माघ १६ गते देखि परियोजना लागु भएको गाउँपालिका उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले बताउनुभयो । ४८ महिने परियोजनामा गाउँपालिकाले चार करोड ९० लाख र हेफर प्रोजेक्ट नेपालले दुई करोड १० लाख रुपियाँ लगानी गर्ने सम्झौता भए अनुसार काम भइरहेको उहाँको भनाई छ । परियोजना सञ्चालनपछि गाउँपालिकामा खसीबोकामा आत्मनिर्भर भएको र पालिकाबाट बाहिर निर्यात हुन थालेको उपाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

बाख्रा उपहार वितरण कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरद गौतमले परियोजनाले गरेका कामलाई दिगो बनाईराख्नका लागि समुदायको सक्रियता आवश्यक पर्ने बताउनुभयो । उहाँले यो परियोजनाको अवधि सकिएपनि परियोजनाबाट हासिल भएका उपलब्धी र सिकाईलाई स्थानीय समुदायले निरन्तर प्रयोग गर्नुपर्ने सुझाव दिनुभयो ।

Related Articles

Back to top button