> स्थानीय सरकार > छेडाघाटका अग्नी पीडितहरुका लागि ऐरावती गाउँपालिकाले राहत दिने


छेडाघाटका अग्नी पीडितहरुका लागि ऐरावती गाउँपालिकाले राहत दिने

प्यूठान । ऐरावती गाउँपालिकाले छेडाघाटका अग्नी पीडितहरुको लागि राहत दिने भएको छ । सोमबार पालिका विपत्त समितिले राहत प्रदान गर्ने निर्णय गरेको हो ।
अग्नी पीडित ८ परिवारका लागि ५ सदस्यभन्दा बढि भएकालाई प्रति परिवार २७ हजार र ५ सदस्यभन्दा कम भएकालाई प्रति परिवार २२ हजार रुपैंया तत्काल राहत स्वरुप उपलब्ध गराउने निर्णय भएको गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाहले बताउनुभयो । विपत्त कोषबाट राहत उपलब्ध गराउन लागिएको उहाँले जानकारी दिनुभयो ।
आगलागीका कारण विस्तापित भएका परिवारहरुलाई अस्थायी बसोवासका लागि २५ हजार रुपैंयाका दरले प्रथम किस्ता वापतको रकम उपलब्ध गराउने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत शरद गौतमले बताउनुभयो ।

शनिवार राति ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा ८ घर र १४ गोठ जलेर नष्ट भएको थियो । ८ परिवारका ४४ जना अहिले छिमेकी र आफन्तकोमा आश्रय लिएर बसेका छन् ।

 

अग्नी पीडितहरुका लागि गाउँपालिकाले खाद्य सामाग्री र रेडक्रस सोसाइटी अखाद्य सामाग्री वितरण गरिसकेको छ ।