प्यूठान । गौमुखी गाउँपालिका वडा नं. १ मा मिश्रीत नतिजा आएको छ । वडा अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका दिल बहादु थापा ५२६ मत ल्याएर विजयी हुनुभएको छ । प्रतिस्पर्धी एमालेका फन बहादुर थापाले ४९४ मत ल्याउनुभएको छ ।
महिला सदस्यमा नेकपा एमालेका मसिना केसी, दलित महिला सदस्यमा गठबन्धनका तनसरी सुनार, खुल्ला सदस्यमा गठबन्धनका तेजु गिरी र एमालेका जगे सुनार विजयी हुनुभएको छ ।
