> राष्ट्रिय > बाल विवाहलाई रोक्दैछ पालिका, नगरौँ बिहे बालक र बालिका


बाल विवाहलाई रोक्दैछ पालिका, नगरौँ बिहे बालक र बालिका

प्यूठान । ‘बाल विवाहलाई रोक्दैछ पालिका, नगरोँ बिहे बालक र बालिका’ भन्ने मुल नारा सहित बाल विवाह न्यूनिकरण सम्बन्धी विद्यालय स्तरमा सडक नाटक मञ्चन भइरहेको छ ।

 

राष्ट्रिय दलित पत्रकार संघ प्यूठानको आयोजना तथा मल्लरानी गाउँपालिकाको सहयोगमा पालिका भित्रका विद्यालयमा नाटक प्रर्दशन भइरहेको आयोजक राष्ट्रिय दलित पत्रकार संघ प्यूठानका अध्यक्ष लोकेन्द्र सुनारले बताउनुभयो ।

 

राष्ट्रिय लेक तथा दोहोरी गीत प्रतिष्ठान प्यूठान, एम्नेष्टी इन्टरनेश्नल नेपाल समुह-३६ प्यूठानको समेत सहकार्य रहेको उहाँले बताउनुभयो । सडक नाटकमा गीत, नृत्य सहित नाटकको मिश्रण रहेको अध्यक्ष सुनारले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *